विविध

सीता दाहालको निधन : पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । नर्भिक अस्पतालबाट उनको पार्थीव शरीर पेरिसडाँडा ल्याइएको हो ।
आज दिउँसो १ बजेसम्म दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ । अपराह्न २ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।