विविध

काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयविरुद्धे रिट निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । जडिबुटीमा निर्माणाधिन बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयविरुद्ध पूर्व अरनिको यातायात प्रालिले हालेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले यस्तो आदेश गरेको छ ।

अनुमति नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न नदिएपछि कम्पनी अदालत गएको थियो । आदेशमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न महानगरलाई आदेश दिइएको छ । ‘प्रस्तुत निवेदक कम्पनीले बसपार्क संचालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु,’ आदेशमा भनिएको छ । अन्तरिम आदेश दिने–नदिने छलफलका लागि २१ असोजलाई पेशी तोकिएको आदेशमा उल्लेख छ । –ईहेराल्डपोस्ट न्यूज डेस्क