अन्तराष्ट्रिय

चीनको जियाङ्सी प्रान्तमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु, धेरै घाइते उद्धार कार्य जारी

रोयटर्स/एपी, बेइजिङ । चीनको दक्षिणी जियाङ्सी प्रान्तका केही पसलमा बुधबार भएको भीषण आगलागीमा परी २५ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । घाइतेहरुलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको छ । यद्यपी कति जना घाइते भएका छन् भन्ने सरकारले भने खुलाएको छैन । जियाङ्सी प्रान्तको युशुई जिल्लाका अधिकारीहरूले बुधबार बिहान ३ः२४ बजे एक किनमेल क्षेत्रको तहखानेमा आगलागी भएको बताएका छन् ।

तत्कालै उद्धारकर्मी, दमकल, प्रहरी र स्थानीय अधिकारीहरू घटनास्थलमा खटिएका थिए । स्थानीय अधिकारीका अनुसार आगलागी के कारणले भएको हो ? यो यकिन भइरहेको छ । तर, खोजी तथा उद्धार कार्य जारी छ ।

यसअघि शनिबार चीनका दुई फरक ठाउँमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको थियो । पहिलो घटना हेनान प्रान्तको यान्सानपु गाउँमा भएको थियो भने दोस्रो घटना जियाङ्सी प्रान्तमा भएको थियो । तत्काल उद्धारकर्मी, दमकल, प्रहरी र स्थानीय अधिकारीहरू घटनास्थलमा पुगेका थिए ।

यसअघि शनिबार चीनका दुई फरक ठाउँमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको थियो । पहिलो घटना हेनान प्रान्तको यान्सापु गाउँमा भएको थियो भने दोस्रो घटना जियाङ्सी प्रान्तमा भएको थियो ।