अन्तराष्ट्रिय

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी सहित विदेशमन्त्रीको निधन

७ जेठ २०८१ ।

अजरबैजान । इरानी राष्ट्रपति इब्राहिम रायसीको विमानलाई शनिबार अजरबैजानको जंगलमा खराब मौसमका कारण आपतकालीन अवतरण गर्नुपरेको थियो, जसका कारण हेलिकप्टर दुर्घटनामा परेको थियो । धेरै घण्टाको मेहनतपछि इरानका अनुसन्धान एजेन्सीहरूले विमानको भग्नावशेष फेला पारेका थिए । इरानले राष्ट्रपति इब्राहिम राइसीको मृत्यु भएको औपचारिक पुष्टि गरेको छ ।

इरानी रेड क्रिसेन्टका प्रमुखले उद्धार टोली दुर्घटनास्थलमा पुगेको बताए । यस दुर्घटनामा विमानको पूरै क्याबिन जलेर खरानी भएको थियो, जसमा कोही पनि जीवित रहेको कुनै संकेत भेटिएन । यसैबीच इरानी समाचार एजेन्सीले राष्ट्रपतिको हेलिकोप्टर पूर्णरुपमा ध्वस्त भएकाले दुर्घटनामा कोही बाँच्ने आशा नरहेको बताएको छ ।

इरानको प्रेस टिभीका अनुसार उद्धार टोलीले इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर फेला पारेको छ । दुर्घटनास्थलमा बाँचेको कोही पनि फेला परेको छैन । सरकारी समाचार एजेन्सी आईआरएनए

५००० मानिसहरूलाई झुण्ड्याइयो, लाशहरू चिहानहरूमा गाडियो; को थिए इब्राहिम रायसी ? जसलाई बुचर तेहरान पनि भन्ने गरिन्थ्यो

आदेश जारी गरेर ६ हजारलाई फाँसी दिइयो । उनीहरुलाई मारेपछि उनीहरुको शवलाई समेत चिहानमा गाडिएको थियो । धेरै शव एउटै चिहानमा गाडिएको थिए । अभिलेखअनुसार कति राजनीतिक बन्दीलाई फाँसी दिइएको हो भन्ने यकिन नभए पनि हजारौंलाई सामूहिक फाँसी दिएको घटनाले विश्वलाई नै स्तब्ध बनाएको थियो । आदेश दिने इरानी राष्ट्रपति इब्राहिम रायसीलाई कुनै पछुतो छैन ।
एजेन्सीहरूले धेरै जानकारी नदिए पनि अवस्था राम्रो नभएको बताएको छ । ७३ टोली हेलिकप्टरको भग्नावशेष भएको ठाँउमा पुगेको छ । राष्ट्रपति इब्राहिम रायसीले पूर्वी अजरबैजानको भ्रमण गरेका थिए । उनी आफ्नो विमानबाट राजधानी तेहरान फर्कदै गर्दा उत्तर–पश्चिममा अजरबैजानको सिमाना जोडिएको जुल्फा सहर नजिक दुर्घटना भएको हो । हेलिकप्टरमा परराष्ट्रमन्त्री हुसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर र अन्य अधिकारीहरू समेत थिए ।
त्यसैले संसारले उसलाई बुचर तेहरान भन्यो र आज जब त्यो ‘कसाई’ को मृत्युको खबर आयो तब इजरायलका यहुदी धर्मगुरुहरुले त्यो व्यक्तिले आफ्नो कर्मको सजाय पाएको सार्वजनिक बयान दिए । भगवानले न्याय ग¥यो र राईसीलाई उसको भयानक मनसायको लागि सजाय दियो ।
इरान–इराक युद्धको अन्त्य पछि, रायसी इरानको उप अभियोजक बनेका थिए । त्यतिबेला उनि जम्मा २५ वर्षको थिए । १९८८ मा, उनी न्यायाधीश र ’मृत्यु समिति’को सदस्य बनेका थिए । यस समितिको सिफारिसमा सरकार विरोधी राजनीतिक गतिविधि गरेको अभियोगमा कैद भुक्तान गरिरहेका राजनीतिक बन्दीहरू विरुद्ध मुद्दाहरू पुनः खोलिएका थिए । यी राजनीतिक बन्दीहरूमा वामपन्थी र विपक्षी समूह मुजाहिदीन–ए–खल्का (एमईके) वा इरानको पीपुल्स मुजाहिदीन संगठन (पीएमओआई ) का सदस्यहरू थिए ।

समितिले राईसीलाई मुद्दाको न्यायाधीश बनाएर समितिको सहमतिमा राजनीतिक बन्दीलाई मृत्युदण्ड दिने निर्णय गरेको थियो । अभिलेखमा अद्यावधिक नभए पनि राईसीले करिब ६ हजार पुरुष र महिलालाई मृत्युदण्डको सजाय सुनाएको थियो । यति मात्र होइन, सबैलाई सामूहिक चिहानमा गाडियो । मानवअधिकार आयोगले यो घटनालाई मानवता विरुद्धको अपराध भनेको छ । सामना गर्दा, इब्राहिम रायसीले यस मुद्दामा कुनै पनि भूमिका रहेको अस्वीकार गरेका थिए, तर उनले इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह खोमेनीको फतवा अनुसार सजाय उचित थियो भनी बयान दिएर अरूलाई चकित पारेका थिए । त्यसैले मानिसहरूले राईसीलाई तेहरानको कसाई भनेका थिए र अमेरिकाले राईसीमाथि प्रतिबन्ध लगाएको थियो ।

इब्राहिम रायसीको जन्म सन् १९६० मा उत्तरपूर्वी इरानको पवित्र शहर मशहदमा भएको थियो । उनी शिया मुस्लिमहरूको सबैभन्दा पवित्र मस्जिदमा नमाज पढ्न जान्थे । उनका बुबा मौलवी थिए, तर छ वर्षको हुँदा उनले आफ्नो बुबा गुमाएका थिए । १५ वर्षको उमेरसम्म उनले कोम सहरको शिया संस्थानमा अध्ययन गरेका थिए । राईसी मोहम्मद रजा शाहका विरोधी थिए । अयातोल्लाह खोमेनीले १९७९ मा इस्लामिक क्रान्तिको नेतृत्व गरेर रजा शाहको सरकारलाई अपदस्थ गरी २० वर्षीय रायसीलाई काराजको अभियोजक जनरल बनाएका थिए । रायसी सन् १९८९ देखि १९९४ सम्म तेहरानका अभियोजक थिए । सन् २००४ देखि २०१४ सम्म न्यायिक प्राधिकरणको उपप्रमुख थिए । २०१४ मा, रायसी इरानको अभियोजक जनरल भए, तर राइसीको राजनीतिक विचार ’अत्यन्त कट्टरपन्थी’ थियो । उनी इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह खोमेनीसँग नजिक थिए । तिनीहरूको समर्थनमा, राईसी जुन २०२१ मा उदारवादी हसन रुहानीको स्थानमा इरानको इस्लामिक गणतन्त्रको राष्ट्रपति बनेका थिए ।