बाङ्लादेशमा देखियेको द्रिष्यले बिद्यार्थि आन्दोलन भन्न सकिन्छ्, तर त्यो आन्दोलन कट्टरपन्थि मुस्लिम्, अनि बैदेशिक प्रभुत्वको आन्दोलन थियो, जसको राप ताप सहन नसकि शेख हसिनाले देश छोड्नु पर्यो ।
सन्दर्भ बाङ्लादेश को हो, त्यहा लगभग २०१२ देखि २०१७ सम्म बिपक्ष को नाममा आन्दोलन गरेको थियो, त्यो आन्दोलन कट्टरपन्थि मुस्लिमद्वारा गरियेको थियो । त्यस बखत बाङ्लदेश भ्रमणमा गयेका बिदेशी महिलालाइ बलात्कार गर्ने अनि हत्या गर्ने, बाङ्लादेशी हिन्दुहरु माथि अत्याचार, बलात्कार, अनि हत्या गरियेको थियो । दैनिक ६५० जना हिन्दुहरु भारत तर्फ पलायन हुने गरेको थियो भने भारतमा मोदिको सरकार बन्ने बित्तिकै त्यस घटनाका मुख्य आरोपि बिपक्षी दलका महासचिवलाइ अदालतले फाँसी दियो, अनि आन्दोलन समाप्त भयेको देखियो । त्यस पछी शेख हसिनाले देशको सबै शक्ति आफु निकट ल्याउन सफल भयेकी थीइन्, अदालत होस वा निर्वाचन आयोग कि त सेना प्रहरी सबैमा उनि निकटका मान्छे नियुक्त गरियेको थियो ।
एकातिर पाकिस्तानबाट अलग हुन शेख मुजिबुरको नेत्रित्वमा आन्दोलन गर्दै भारतको सहयोगमा १९७२ मा बंग्लादेश स्वतन्त्र देश बनेको थियो । शेख मुजिबुरलाई राष्ट्रपिता सरहको सम्मान दिने गर्छन त्यहाका जनताले बङ्लादेश्को संस्थापक नेताको रुपमा । शेख मुजिबुर, हसिनाका पिता हुन । शेख मुजिबुरलाइ मन नपरौने समुह अर्थात तत्कालिन पाकिस्तान पक्षधर समुहले नया राजनीतिक पार्टी गठथन गरी अघोसित साम्प्रदायिक घटनाहरु गराउदै आयेको थियो ।
शेख मुजिबुरको निधन पछी शेख हसिनाको हाथमा सत्ता स्वतः आइ पुगेको थियो तर बिपक्षले अस्थिर राजनिति गर्दै सत्तामा पुग्न सफल भयेको थियो, त्यस पछी बङ्लादेशको रजनीतीक अत्याचार अराजकता झन बध्दै गयेको बेला निर्वाचन मार्फत हसिनाको पार्टीले बहुमत न ल्याए पनि सत्तामा पुग्न सफल भयो र बुवाले बनायेको देशलाइ निरन्कुशताबाट मुक्त गर्ने अटोठका साथ सत्तामा पुगिन । सात्तामा पुगेपछि देशका लागि राम्रो गरेको देखिन्छ्, तर राजनितिक प्रतिसोध लिन पनि पछि परिनन उनि । लगातार तिन कार्यकाल बिजयी हुदै गर्दा आज राजिनामा दियेर देश छोड्नु पर्ने अवस्था आयो । आमेरिका, चाइना र भारत जस्ता देशले आफ्नो प्रभुत्वा कायम गर्न खोजेता पनि भारत बाहेक अरु देशको खासै प्रभाव देखियेन ।
Add Comment