विचार-अन्तर्वार्ता

पत्रकार महासंघका अध्यक्ष पोखरेलको राजीनामा भित्रको अन्तरनिहित कथा

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन । तेस्रो पटक पनि पत्रकार महासंघको निर्वाचन हुन नदिने प्राय निश्चित भएपछि पोखरेलले राजीनामा दिएका हुन । उनको राजीनामामा तेस्रो पटकसम्म महासंघको निर्वाचन मिति तोकिसक्दा पनि निर्वाचन हुन नसक्ने स्थिति उत्पन्न हुनु, सदस्यता विवाद समाधान गरी स्वीकार्यता स्थापित गरी प्रक्रियागतरुपमा अगाडी बढ्नका लागि बोलाईएको उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठकमा बोल्दै गर्दा बीचबाट उपस्थित केही सदस्यहरु बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजानाउनु लगायतका कुरामा आफ्नो कमीकमजोरी रहेको स्वीकार्दै सबै कुराको जिम्मवारी समेत बहन गर्दै राजिनामा दिएको उनको राजीनामामा उल्लेख छ ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्षलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले दिएको राजिनामामा आफ्नो मानसिक तनाव र शरिरीक स्वास्थ्य अवस्था समेत सहज नभएको उल्लेख गरेका छन । स्वाभाविकरुपमा नेपाल पत्रकार महासंघको निर्वाचन समयमा गर्न नसक्नु त्यस्तै सदस्यता सुद्धिकरण र नया सदस्य थपगर्ने विषयमा उब्जियको विवादका साथै महासंघमा देखिएको अन्यौलताको जिम्मेवारी अध्यक्षले मात्र होईन वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदधिकारी, कार्यसमिति सबैको हो र सबैले जिम्मेवारी लिनुनै पर्छ ।

अध्यक्ष पोखरेलले दिएको राजिनामामा आफ्नो मानसिक तनाव र शरिरीक स्वास्थ्य अवस्था समेत सहज नभएको उल्लेख गरेका छन तर सरल भाषामा भन्ने हो भने वास्तविकतामा अध्यक्ष पोखरेलको मात्रै होईन महासंघका सम्पूर्ण पदाधिकारी, कार्यसमिति र सदस्यहरुको मानसिक र स्वास्थ्य अवस्था सहज नरहेको बुझिन्छ ।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनको अवधि चैतमा नै सकिएता पनि भाद्रसम्म निर्वाचन गराउन नसक्नु, सदस्ता शुद्धिकरण र नया सदस्यताको विषयलाई लिएर महासंघमा राजनीति खेल हुनु सबै कुराको ढिक्रो अध्यक्षको पुरपुरोमा बजार्न खोज्नु र अध्यक्षको घाँटी समातेर राजीनामा दिनलाई बाध्य पार्नु भनेको अध्यक्ष पोखरेल मात्रै होईन सिगों महासंधमा निर्वाचित भएर गएकाहरुको नियत, उनको राजनीति स्वार्थलाई नाङ्गो रुपमा छर्लङ्गै पारेको छ ।

सबै भन्दा ठूलो विडम्बना २०७७ सालको महसंघको निर्वाचनमा प्रेस युनियनका नेता अभिनेता र पत्रकार भनाउदा कार्यकर्ताहरुले विपुल पोखरेल महासंघको लागि उत्तम, सहज र सरल पात्रको रुपमा प्रस्तुत गर्दै अगाडि सारेको होईन ? यदि हो भने आज त्यही पोखरेल प्रेस युनियनकै उनै नेता अभिनेता र पत्रकार भनाउदा कार्यकर्ताहरुका लागि असहज कसरी भए ? आज प्रेस युनियनबाट निवार्चित भएर महासंघमा पुगेकाहरुका लागि पोखरेल उनका लागि गलगाँडो भएको किन ठानी रहेका छन् ? उनलाई राजीनामा दिन किन बाध्य पारे ? यो प्रश्नको उत्तर पनि अध्यक्ष पोखरेलले दिएको राजीनामा भित्रै अल्झिएको छ ।

नेपाल पत्रकार महासंघलाई यस्तो दुर्गतिसम्म पु¥याउनेमा मुख्य दोषी सिण्डिकेट नै हो । केही व्यक्तिहरुको सिण्डिकेट्को योजना, बिपुल पोखरेल, रोशन पुरी मार्फत सफल हुन सकेन्, अनि घेराबन्दी थेग्न नसकि अध्यक्ष बिपुल पोखरेलले राजिनामा दिनु पुगे । यस्ले चौथो अङ्ग भनिएको संस्थालाई कुन ठाउमा ल्याई पुर्यायो ? सोच्ने शक्ति त अहिलेको केन्द्रिय समितीलाई नभएको हो त ? त्यही सिण्डिकेटको योजनामा शुद्धिकरण समिती पनि बनाईएको थियो र पछि स्वार्थ पुरा नहुने देखिए पछि जिम्मेवारी विहिन पनि बनाईयो । सफल हुदा त्यस्को श्रेय सबैले लिन्थे होला तर असफल हुने भये पछि त्यस्को दोष एक ब्यक्तिले लिनु पर्ने ????

जहासम्म मलाई लागेको कुरा महासंघ राज्य सत्ता भन्दा बिपरितको नेत्रित्वमा हुनु पर्छ नकि सत्ता पक्ष को । महासंघ जहिले पनि बिपक्षको भुमिकामा हुनु पर्ने हो र हुनु पर्छ पनि । नियत सफा भयो भने नितिका कुरा गर्न सुहाउछ पनि ।

समस्या २०७७ सालमा निर्वाचित भएर महासंघमा गएकाहरुको अकर्मण्यताले उब्जाए अर्थात उब्जियो । त्यो उब्जिएको समस्याको निकास दिनु अब आउने नेतृत्वले लिनु पर्ने मुख्य दायित्व पनि देखिएको छ । निकासको लागि अब के गर्ने हो त ?

साथ–साथै यो एउटा गम्भिर प्रस्न पनि खडा भएको छ । वास्तवमा महासंघलाई साँच्चिकै क्रियाशिल पत्रकारहरुको साझा संस्था बनाउनेनै हो भने दलिय राजनीतिबाट महसंघलाई मुक्त गरिनु पर्छ । दोस्रो गैर पत्रकाहरुको सदस्यता खारेज गरिनु पर्छ्, तर अभिलेख पनि रख्नु पर्ने हुन्छ्, तेस्रो पत्रकारिता गर्नेलाई महासंघको सदस्यताका लागि सहज रुपमा सिधै आवेदन दिन खुल्ला गरिनु पर्छ र सिफारिसको व्यवस्था हटाउनु पर्छ् । यस्ता कुराहरुमा इमान्दारिपूर्वक ध्यान दिने हो भने सहज तरिकाले निकास दिन सकिन्छ । सबैले एक पटक सोचौ अनि महासंघलाई क्रियाशिल पत्रकारहरुकै सङठन बनाउन आजैबाट एकजुट भएर लागौ । -योगेन्द्र प्रताप शाही