विचार-अन्तर्वार्ता

आगामी १० वर्षमा, लगभग ९० प्रतिशत अमेरिकीहरूसँग कुनै जागिर हुनेछैन

कोडाक कम्पनी याद छ? १९९८ मा, कोडाकमा लगभग १६०,००० कर्मचारीहरू थिए । कोडाक कम्पनी संसारको लगभग ८५ प्रतिशत फोटोग्राफी कोडक क्यामेराबाट गरिन्थ्यो अर्थान हुन्थ्यो । पछिल्ला केही वर्षमा मोबाइल क्यामेराको बृद्धिसँगै कोडाक क्यामेरा कम्पनी बजारबाट बाहिरिएको मात्रै होईन कोडक पूर्ण रूपमा दिवालिया भयो र यसका सबै कर्मचारीहरूलाई हटाइयो ।

एकै समयमा, धेरै अन्य प्रसिद्ध कम्पनीहरु आफैलाई दिवालिय हुन र बजारबट बाहरिन रोक्न सकेनन । जस्तै एचएमटी (वाच), बजाज (स्कुटर), डायनोरा टिभी, मर्फी (रेडियो), नोकिया (मोबाइल), राजदूत (बाइक) र एम्बेसेडर (कार) यी मध्ये कुनै पनि कम्पनीको गुणस्तर खराब थिएन । तैपनि यी कम्पनीहरुले किन छाडे उत्पादन? किनकी उनीहरुले समयसंगै आफूलाई बदल्न सकेनन् । अहिलेको समयमा उभिएर अबको १० वर्षमा संसार कत्तिको परिवर्तन होला भनेर तपाईंले कल्पना पनि गर्न सकिन्न होला! तर आजको ७० प्रतिशत देखि ९० प्रतिशत कामहरू आगामी १० वर्षहरूमा पूर्ण रूपमा हराउनेछन् । हामी क्रमशः चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गर्दैछौँ ।

आजका चर्चित कम्पनीहरू जस्तै उदाहरण स्वरुप उबर (UBER) यो एउटा सफ्टवेयरको नाम मात्र हो होइन? उसको आफ्नो कुनै कार छैन । तैपनि आज संसारको सबैभन्दा ठूलो ट्याक्सी भाडा कम्पनी उबर (UBER) हो । आज, Airbnb संसारको सबैभन्दा ठूलो होटल कम्पनी हो । तर रोचक कुरा के छ भने उनको संसारमा एउटा पनि होटल छैन ।

त्यस्तै भारतमा, Paytm, Ola Cab, Oyo rooms, नेपालमा पठाओ, ईनड्राईभ जस्ता अनेकौं आदि ईत्यादि कम्पनीहरूको अनगिन्ती उदाहरणहरू दिन सकिन्छ । आज अमेरिकामा नयाँ वकिलहरूको लागि कुनै काम छैन, किनभने IBM Watson भनिने कानुनी सफ्टवेयरले कुनै पनि नयाँ वकिल भन्दा राम्रो कानून अभ्यास गर्न सक्छ । यसरी, आगामी १० वर्षमा, लगभग ९० प्रतिशत अमेरिकीहरूसँग कुनै जागिर हुनेछैन । जुन बाँकी १० प्रतिशत हो, यी १० प्रतिशत पनि विशेषज्ञ हुनेछन् ।

नयाँ डाक्टरहरू पनि काम नपाएर बसिरहेका छन् । वाटसन रोबोट सफ्टवेयरले मानिसको तुलनामा ४ गुणा बढी सटीकताका साथ क्यान्सर र अन्य रोग पत्ता लगाउन सक्छ । सन् २०३० सम्ममा कम्प्युटर इन्टेलिजेन्सले मानव बुद्धिलाई उछिन्ने छ । आजका ९० प्रतिशत कारहरू आगामी २० वर्षमा सडकमा देखिने छैनन् । बाँकी कार या त बिजुलीमा चल्नेछन् वा हाइब्रिड कार हुनेछन् । बिस्तारै सडकहरु खाली हुँदै जानेछन् । पेट्रोल खपत घट्नेछ र तेल उत्पादक अरब देशहरू क्रमशः दिवालिया हुनेछन् ।

यदि कार चाहिएमा उबर जस्ता केहि सफ्टवेयरबाट कार अर्डर गर्नुपर्नेछ । उबरलाई कारको लागि सोध्ने बित्तिकै, पूर्ण रूपमा चालकविहीन कार आउँछ र ढोका अगाडि पार्क गर्नेछ । यदि एउटै कारमा धेरै व्यक्तिहरूसँग यात्रा गर्नु पर्ने भयो भने, प्रति व्यक्ति कार भाडा बाइक भाडा भन्दा कम हुनेछ । चालकविहीन सवारीले दुर्घटनाको संख्या ९९ प्रतिशतले घटाउनेछ । त्यसकारण कार बीमा बन्द हुनेछ र कार बीमा कम्पनीहरू पनि व्यवसायबाट बाहिरिनेछन् । ड्राइभिङ जस्ता चीजहरू अब पृथ्वीमा अवस्थित हुनेछैनन् । ९० प्रतिशत सवारीसाधन सडकबाट हराएपछि ट्राफिक प्रहरी र पार्किङ कर्मचारीको आवश्यकता पर्ने छैन ।

सोचौ त, १० वर्ष पहिले पनि सडकमा एसटीडी र आईएसटीडी टेलिफोनका बुथहरू थिए । देशमा मोबाइल क्रान्तिको आगमन पछि, यी सबै एसटीडि र आईएसटीडि टेलिफोन बुथहरू बन्द गर्न बाध्य भए । बाँचेकाहरु मोबाइल रिचार्ज पसल बने । त्यसपछि मोबाइल रिचार्जमा अनलाइन क्रान्ति आयो । मानिसहरु घरमै बसेर अनलाइनबाटै मोबाइल रिचार्ज गर्न थालेका छन् । त्यसपछि यी रिचार्ज पसलहरू परिवर्तन गर्नुप¥यो र अहिले यी मोबाइल फोन किन्ने, बेच्ने र मर्मत गर्ने पसल मात्रै हुन् । तर यो पनि चाँडै परिवर्तन हुनेछ । अमेजन र फ्लिपकार्टबाट सिधै मोबाइल फोनको बिक्री बढ्दै गएको छ ।

पैसाको परिभाषा पनि परिवर्तन हुँदैछ । पहिले नगद हुन्थ्यो तर आजकल ‘प्लास्टिक मनी’ भइसकेको छ । केही दिनअघि क्रेडिट कार्ड र डेबिट कार्डको जमाना थियो । अब त्यो पनि परिवर्तन हुँदैछ र मोबाइल वालेटको युग आउँदैछ । पेटीएमको बढ्दो बजार, मोबाइल पैसाको एक क्लिकमै हुन थालेको छ । जो उमेर संग बदल्न सक्दैनन्, उसलाई उमेरले धर्तीबाट हटाइदिन्छ । त्यसैले समयसँगै परिवर्तन गरिरहनुपर्छ ।

—सामाजिक सञ्जाल फेसबुकबाट साभार तथा अनुवादित