प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन् । अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ’सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन् ।
यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छः–
पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न ? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन ? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ?
स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं– माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ । विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुककजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं । अनि किनारा पुककजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध (unequal and dependent relations) मा बाँधिन पुगेका छौं ।
यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार–राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाककचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाकक युगका कार्यभार पूरा गर्न सक्दैनौं । हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक–सामाजिक–सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाकककी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ । त्यसनिम्ति हामीले नयाकक युगको नयाकक कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाकक विकास गर्नु परेको छ । तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाकक समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद (enhanced/enriched socialism) भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं ।
हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक–राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं ? तर अहिले समय र परिस्थिति अनुकुल नयाकक कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आउँ’ भन्नुको के अर्थ रहन्छ ?
दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ ‘सुशाशनकोनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि (common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो । हिन्दी.उर्दू उखान– ’सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो ! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग–उत्थानीकरण हुककदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLANDM How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन । यदि त्यो सबै ’क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र’ हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला ? ती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला ?
हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन् । तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान ? अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र ?
अन्त्यमा, तैंले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो नर्वाचन क्षेत्र छोडिस् त ? भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ– म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हु। देशमा निरन्तर राजनीतिक अस्थीरता भैरहेको, गरीबी र बेरोजगारीले युवा पलायन बढिरहको र TRC लगायतका शान्तिप्रकृयाका काम पूरा नभैरहेको स्थितिमा पूर्व प्रम तथा ने का सभापति शेरबहादुर देउबा र प्रचण्डलाई बालुवाटारमा संगै राखेर स्वेच्छाले आफु चुनाव नलड्ने तर वहाहरू दुबैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रुपले सघाउने वाचा गरेको हु। तर चुनाव पछि एमाले– माओवादी सरकार बन्यो । त्यसपश्चात पनि कांग्रेस–एमाले–माओवादी र अन्य सहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो । तर भूराजनीतिको प्रवेश पछि सबै भताभुंग ! त्यस यताको म्यूजिकल चेयर र मूलतः प्रचण्डको सत्तालिप्साको दुष्परिणाम जगजाहेरै छ ।
फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ !! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा ( नयाँ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो । —पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईको फेसबुक वालबाट साभार
Add Comment