काठमाडौं, मंसिर ८ । कायस्थ पत्रकार समाजको प्रारम्भिक राष्ट्रिय सम्मेलन आज काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले प्रबिण चौधरी कायस्थको नेतृत्वमा ११ सदस्यीय केन्द्रिय समिति समेत गठन गरेको छ । यसैगरी उपाध्यक्षमा जितेन्द्र श्रीवास्तव, महासचिवमा शिल्पा कर्ण, सचिवमा अशोक श्रीवास्तव, कोषाध्यक्षमा सुस्मिता कर्ण सदस्यहरूमा संतोष कुमार लाल कर्ण, राजभुषण श्रीवास्तव, अनिल वर्मा, सरिता कुमारी श्रीवास्तव, संतोष कर्ण लगायतको चयन गरिएको छ । यसैगरी सम्मेलनले विधान समिति समेत बनाएको छ । समितिको संयोजकमा अनिल कुमार कर्ण रहनु भएको छ भने सदस्यहरूमा नन्द भूषण श्रीवास्तव तथा करूणाकर मल्लिक रहेका छन् ।
बानेश्वर बिजुलिबजार स्थित होटल कार्निवलको सभाकक्षमा सम्पन्न सम्मेलनमा भारतबाट वरिष्ठ पत्रकार अजित कुमार सिन्हाले कायस्थ उत्पति तथा एकता बारे धारणा राखेका थिए । सम्मेलनको सफलताको कामना गर्दै प्रमुख अतिथि दिव्य शताब्दी पूरूष डा. गौरीशंकर लाल दासले समाज मात्र कायस्थ नभई आम जन समुदायको पक्षमा काम गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सर्वाेच्च अदालतका पूर्व न्यायाधिस मा. गिरिशचन्द्र लाल, उच्च न्यायालयका पूर्व न्यायाधिस तथा नेपाल कायस्थ महासंघका अध्यक्षमा लोकेन्द्र मल्लिक, पूर्व सांसद बृषेश चन्द्र लाल, अखिल भारतिय कायस्थ महासंघका उपाध्यक्ष अनिल कर्ण कायस्थ, मिसन टु करोड चित्रांश अन्तर्राष्ट्रियको भारतका अध्यक्ष राजेन्द्र कर्ण लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैगरी भारतको पटनाबाट जनता दल युनाईटेड का सचिव तथा प्रवक्ता मनोज लाल दास “मनु“ ज्युले पनि शुभकामना व्यक्त गर्नु गरेका थिए ।
Add Comment