Home » Sample Page » थाईल्याण्ड र कम्बोडियाबीचको द्वन्द्वः कारण, इतिहास र वर्तमान अवस्था -योगेन्द्र प्रताप शाही
विचार-अन्तर्वार्ता

थाईल्याण्ड र कम्बोडियाबीचको द्वन्द्वः कारण, इतिहास र वर्तमान अवस्था -योगेन्द्र प्रताप शाही

थाईल्याण्ड र कम्बोडियाबीचको द्वन्द्व भईरहदा दुबै देशबीचको ऐतिहासिक पृष्ठभूमि, युद्धको कारण, प्रमुख विवादित क्षेत्रहरू, कूटनीतिक प्रयासहरू र वर्तमान अवस्थामा किन थाईल्याण्ड र कम्बोडियाबीच तनाव सिर्जना भईरहेको छ ।

थाईल्याण्ड (पूर्वको स्याम) र कम्बोडिया (पूर्वको खमेर साम्राज्य) बीचको सम्बन्ध हजारौँ वर्ष पुरानो छ । दुबै राष्ट्रहरू प्राचीन समयदेखि नै सांस्कृतिक, धार्मिक र राजनीतिक दृष्टिले गहिरो रूपमा जोडिएका थिए । यद्यपि, उपनिवेशकाल (खासगरी फ्रेन्च उपनिवेश) र त्यसपछि स्थापित सिमा व्यवस्थाले हालको द्वन्द्वका बीउ रोपेका हुन् ।

फ्रान्सले १९०७ मा थाई (सायाम) सँग सन्धि गरेर केही भूभाग कम्बोडियालाई हस्तान्तरण ग¥यो । त्यसबेला सिमा निर्धारण र नक्साको विषयमा विवाद उत्पन्न भयो । यही विवाद पछि गएर थाई–कम्बोडिया सिमा विवादको मुख्य कारण बन्यो ।

दुबै देशबीचको प्रमुख विवादको केन्द्र प्रीआह विहेअर (एचभबज ख्ष्जभबच) मन्दिर हो । यो मन्दिर थाई–कम्बोडिया सिमानजिकै अवस्थित छ । ऐतिहासिक रूपमा खमेर साम्राज्यद्वारा बनाइएको यो मन्दिरको दावी दुबै देशले गर्दै आएका छन् ।

१९६२ मा कम्बोडियाले मन्दिरको स्वामित्वबारे अन्तर्राष्ट्रिय अदालत (क्ष्लतभचलबतष्यलब िऋयगचत या व्गकतष्अभ) मा मुद्दा दर्ता ग¥यो । अदालतले सो मन्दिर कम्बोडियाको भूभागमा पर्ने निर्णय ग¥यो । तर, आसपासको भूभागको स्वामित्वबारे स्पष्ट नहुँदा द्वन्द्वको जरा उस्तै रह्यो ।
२००८ मा युनेस्कोले प्रीआह विहेअर मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत ग¥यो । थाई पक्षले यसलाई अस्वीकार ग¥यो र सैन्य उपस्थिति बढायो ।

२००८ देखि २०११ सम्म सीमामा धेरै पटक गोलाबारी, टैंक प्रयोग, र हवाई आक्रमणसमेत भएका थिए । दुबै पक्षका दर्जनौँ सैनिक र केही सर्वसाधारणको ज्यान गएको थियो र सयौँ गाउँले विस्थापित भएका थिए ।

दुबै देशबीच २००८ देृखि सीमामा सशस्त्र भिडन्त हुन शुरु भयो । जस्तै प्रमुख भिडन्तहरूमा जुलाई २००८ः सीमामा सशस्त्र भिडन्त, केही सैनिकको मृत्यु, अप्रिल २००९ः पुनः झडप, ठूलो सैन्य परिचालन, र फेब्रुअरी २०११ः सबैभन्दा ठूलो द्वन्द्व, भारी गोलाबारी र तोप आक्रमण भएको थियो त्यसपछि दुबै देशबीच सम्बन्धबारे युनेस्कोले गम्भीर चासो व्यक्त गरेको थियो ।

त्यपछि दुबै देशबीच कूटनीतिक प्रयास र सन्धिको प्रयास भएको थियो जस्तै (२०११) कम्बोडियाले अन्तर्राष्ट्रिय अदालतमा पुनः मुद्दा दर्ता ग¥यो । अदालतले २०१३ मा स्पष्ट ग¥यो कि मन्दिर वरपरको भूभाग पनि कम्बोडियाकै हो । थाई पक्षले त्यो फैसला सहमति जनाए पनि, राजनीतिक अस्थिरता र राष्ट्रियतावादी भावनाले गर्दा व्यवहारमा समस्या रहिरह्यो ।

दक्षिण एसियाली राष्ट्रहरूको सङ्घ (एशियन) ले मध्यस्थताको प्रयास गरेको थियो । द्वन्द्व शान्त गर्न संयुक्त राष्ट्रसंघ र दक्षिण एसियाली राष्ट्रहरूको सङ्घ (एशियन) दुवैले महत्वपूर्ण कूटनीतिक दबाब दिएका थिए । हाल थाईल्याण्ड र कम्बोडियाबीचको सम्बन्ध तुलनात्मक रूपमा शान्त छ । यद्यपिः सिमा नक्सा र सीमांकनबारे अझै पनि स्पष्ट सहमति छैन । द्वैध सैनिक गस्ती भइरहेको छ । राष्ट्रियता र इतिहाससँग जोडिएको भावनात्मक मुद्दा भएकाले जुनसुकै समयमा तनाव उत्पन्न हुने सम्भावना रहन्छ ।

थाईल्याण्ड र कम्बोडियाबीचको युद्धको मूल कारण ऐतिहासिक भूभाग स्वामित्व र राष्ट्रिय गौरवसँग गाँसिएको विवाद हो । खासगरी प्रीआह विहेअर मन्दिर र यसको वरपरको क्षेत्र विवादको केन्द्रमा रहेको छ । यद्यपि, कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न थालिएको छ र हाल स्थायित्व देखिएको छ । स्थायी समाधानको लागि दुबै देशले पारदर्शी सीमांकन, जनस्तरमा शान्ति संवाद र साझा सम्पदा संरक्षणमा सहकार्य गर्नुपर्ने देखिन्छ ।