काठमाडौं । काठमाडौँ उपत्यकाको नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै आज ’हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। साउन्डबज अडियो ल्याब र नेपाल इको प्यानलको संयुक्त आयोजनामा भएको यस कार्यक्रमले रैथाने शिल्प र आधुनिक सामग्रीको संयोजनलाई जोड दिएको छ।
दीर्घकालिन पर्यटनका लागि सहयोग
कार्यक्रममा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले भक्तपुरको दीर्घकालिन पर्यटनका लागि यस्ता कार्यक्रम सहयोगी हुने विचार पोखे । उनले भक्तपुरको विकासको आधार नै पर्यटन भएकाले यस्ता गतिविधिहरुलाई अझ बढावा दिनुपर्ने खाँंचो औल्याए ।
परम्परा जोगाउन ’मेकर्स’को भूमिका
कार्यक्रममा बोल्दै साउन्डबज अडियो ल्याबका संस्थापक चन्दन ताम्रकारले कार्यशालाको आवश्यकतामाथि प्रकाश पारे। उनका अनुसार, हाल काठमाडौँ उपत्यकाका नेवारी समुदायमा परम्परागत काठको बाँसुरीको ठाउँ पिभिसी पाइपबाट बनेका बाँसुरीले लिँदै गएको छ।
“परम्परालाई जीवित राख्न वाद्यवादन बनाउने कलाकारहरूको ठूलो भूमिका हुन्छ,“ ताम्रकारले भने। “हामीले भारतबाट आउने बाँसुरीमा निर्भर हुनुभन्दा आफ्नै युवाहरूलाई दक्ष बनाएर यहीँ आत्मनिर्भर बनाउनुपर्छ।
पिभिसी पाइपको यो नयाँ टोन अब व्यावसायिक रूपमा स्थापित हुँदैछ, जसले नेवारी संस्कृतिलाई विश्वव्यापी रूपमा फैलाउन मद्दत गर्नेछ।“ उनले थपे, कि यस्ता कार्यशालाले यहाँ आउने पर्यटकहरूलाई नेवारी संस्कृति र कला नजिकबाट सिक्ने अवसर प्रदान गर्दछ, जसले दिगो पर्यटनमा पनि टेवा पुग्नेछ।
प्रशिक्षकः अमन माली र बाँसुरीको शिल्प
कार्यशालाको मुख्य प्रशिक्षण प्रख्यात बहु–वाद्यवादक र बाँसुरी बजाउनमा माहिर अमन मालीले गर्नुभएको थियो। कुमा सागर एन्ड द ख्वप ब्यान्डका सदस्य माली शास्त्रीय, लोक र ज्याज फ्युजन संगीतमा आफ्नो विशेष पहिचान बनाउन सफल कलाकार हुन्। उन परम्परागत संगीतलाई आधुनिक ध्वनिसँग मिसाउन खप्पिस मानिनुहुन्छ।








Add Comment