अन्तराष्ट्रिय

युरोपमा चर्को गर्मीका कारण १,३०० भन्दा बढीको मृत्यु; फ्रान्स सबैभन्दा बढी प्रभावित – अन्य देशहरूमा कस्तो अवस्था छ?

काठमाडौं । फ्रान्समा गत हप्ता अत्यधिक गर्मीका कारण करिब १,००० जनाको मृत्यु भएको थियो । देशको जनस्वास्थ्य निकायले आइतबार यो जानकारी दिएको हो । पेरिस क्षेत्रमा घरभित्र हुने मृत्युमा ठूलो वृद्धि भएको छ । बुधबार तापक्रम सबैभन्दा बढी रहेको थियो । बुधबारसम्म अधिक तापक्रले गर्दा १,२०० भन्दा बढी मानिसहरूको मृत्यु भई सकेको समाचारमा उल्लेख गरिएको छ । अर्को दुई दिनमा, यो संख्या बढेर प्रतिदिन १,४०० पुगेको छ । मृत्यु हुनेहरूमा ८५ प्रतिशत मानिसहरू ६५ वर्ष वा सोभन्दा माथिका रहेका विभिन्न समाचार माध्यमा बताईएको छ ।
विश्व स्वास्थ्य संगठन (WHO) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चेतावनी दिए अनुसार युरोप विश्वको सबैभन्दा छिटो तापक्रम बढ्ने महादेश हो । यो विश्वव्यापी औसत दरभन्दा दोब्बरले तापक्रम बढिरहेको छ । उनले भनेकाछन् हाल १५ करोड मानिसहरू अत्यधिक गर्मीमा बाँचिरहेका छन् । विद्यालयहरू बन्द गरिएका छन् र पावर ग्रिड असफल भइरहेको छ । वैज्ञानिकहरू भन्छन् जलवायु परिवर्तन बिना, यति धेरै गर्मी र आद्र्रता सम्भव छ ।
जर्मनी, पोल्याण्ड र चेक गणराज्यमा पुरानो गर्मीको रेकर्ड तोडिएको छ । जर्मनीको निसेमुन्डमा तापक्रम ४१.७ डिग्री सेल्सियस पुगेको छ । चेक गणराज्यमा अहिलेसम्मकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको छ, जहाँ तापक्रम ४१.९ डिग्री पुगेको छ । पोल्याण्डमा तापक्रम ४०.५ डिग्रीको रेकर्ड स्तरमा पुगेको छ ।