काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण तीन लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा विस्थापित भएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण आगो नियन्त्रणमा लिन दमकलकर्मीलाई कठिनाइ भइरहेको छ।
फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्र जिरोन्द र लान्डेसमा मात्रै करिब २ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आगो बोरदो सहरतर्फ फैलिन थालेपछि थप ५५ हजार जनालाई पनि तत्काल घर छाड्न निर्देशन दिइएको छ।
स्पेनमा भने डढेलोका कारण राष्ट्रिय आपतकाल घोषणा गरिएको छ। राजधानी म्याड्रिड आसपासका क्षेत्रमा करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी नागरिकलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। भ्यालेन्सिया क्षेत्रमा डढेलोका कारण एक वृद्ध पुरुषको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले प्रभावित क्षेत्र पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अवस्था अझै जटिल रहेको बताएका छन्।
युरोपका विभिन्न देशमा डढेलो फैलिने क्रम जारी रहेकाले उद्धार तथा नियन्त्रणका प्रयास तीव्र पारिएको छ।







Add Comment