अन्तराष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाको ३.६ मिलियन डलरभन्दा बढी मानवीय सहायता

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बाढी प्रभावित नागरिकका लागि ३.६ मिलियन अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

यस सहायता कार्यक्रमअन्तर्गत बाढीबाट प्रभावित १० हजारसम्म परिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्य सहायता उपलब्ध गराइने जनाइएको छ।

बाढीबाट प्रभावित नागरिकलाई आवश्यक राहत तथा जीवनरक्षक मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले अमेरिकाले उक्त सहायता घोषणा गरेको हो।