काठमाडौं । दाङको गढवा गाउँपालिका–५ चिसापानीस्थित लमही–कोइलाबास सडकखण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार साँझ कोइलाबासबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु २ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दाङ गढवा गाउँपालिका–६ का २६ वर्षीय सागर कुमालको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको हो। अन्य तीन घाइतेको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न बोलेरो कपिलवस्तुको शिवराज नगरपालिका–६ का २५ वर्षीय अकवान अहमद मियाले चलाइरहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment