कावासोती । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले कावासोती–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद छवाईलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले अनुसन्धानका क्रममा बा ३ च १९०३ नम्बरको शंकास्पद ट्रकलाई शुक्रबार बिहान करिब ७:३० बजे पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिएको छ।
दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








Add Comment