काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउद र पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनीरसँग टेलिफोन संवाद गरेका छन्।
इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभी का अनुसार आइतबार राति भएको छलफलमा क्षेत्रीय सुरक्षा, स्थायित्व तथा वर्तमान अवस्थाबारे विचार आदानप्रदान भएको थियो। अराघचीले सामाजिक सञ्जाल एक्समार्फत पनि उक्त कुराकानीबारे जानकारी दिएका छन्।
यसअघि शनिबार पनि अराघचीले साउदी विदेशमन्त्री, टर्कीका विदेशमन्त्री हाकान फिदान तथा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका थिए।
त्यसक्रममा उनले अमेरिका वा इजरायलबाट इरानमाथि कुनै पनि प्रकारको आक्रमण वा शत्रुतापूर्ण कदम चालिए त्यसको “दृढ र समानुपातिक जवाफ” दिइने चेतावनी दिएका थिए। साथै, अमेरिकाबाट कुनै पनि “उत्तेजक वा जोखिमपूर्ण कदम” चालिए इरानले त्यसको उचित प्रतिकार गर्ने बताएका छन्।








Add Comment