विविध

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

शिवपुराबाट जगदीशपुरतर्फ जाँदै गरेको लु.प्र. ०१–००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–६ का २५ वर्षीय मुरेली यादव र २९ वर्षीय प्रतिक जैसवाल घाइते भएका थिए। दुवैलाई जिल्ला अस्पताल कपिलवस्तु पुर्‍याइए पनि चिकित्सकले मुरेली यादवलाई मृत घोषणा गरेका थिए।

गम्भीर घाइते प्रतिक जैसवाललाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।

मोटरसाइकल चालक २५ वर्षीय अक्षय श्रीवास्तव फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।