काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यू फार्मर इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।
साउन १८ गते बिहान करिब ११ः२० बजे इँटा भट्टाको पर्खाल भत्किँदा ५२ वर्षीय वर्षादी लोढको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।
उपचारका लागि अस्पताल भर्ना गरिएका कोरीको साउन २० गते बिहान ३ः३० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वर्षादी लोढको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment