काठमाडौँ । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ रकम उठाएको आरोपमा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई साउन २५ गते बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बुढाथोकीले Gatsby International Pvt. Ltd. मार्फत जापान पठाउने आश्वासन दिँदै ११५ जनाबाट उक्त रकम लिएको आरोप छ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा थप अनुसन्धान भइरहेको छ।








Add Comment