काठमाडौँ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो। शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने जनाइएको छ।
गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपहिरोमा उनीहरूसहित ६ नेपाली र अन्य चार जनाको मृत्यु भएको थियो। घटनामा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’ र नवाङ थिन्डु शेर्पाले पनि ज्यान गुमाएका थिए।
युक्ताको शव यसअघि नै नेपाल ल्याई स्वयम्भूमा अन्त्येष्टि गरिएको छ। निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि लन्डनमा गरिने बताइएको छ। नवाङ थिन्डु शेर्पाको शव भने भौगोलिक कठिनाइका कारण अझै निकाल्न सकिएको छैन।








Add Comment