प्युठानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला

प्युठानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला

प्युठान । स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारबाट पाँच जनाको बेवारिसे शव फेला परेको छ।

बिहीबार बिहान करिब ७ः३० बजेको समयमा स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोलाको किनारबाट नाम, थर र वतन नखुलेका पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटा माडी खोलाको किनारमा करिब १२/१३ वर्षका बालकको शव फेला परेको छ।

त्यस्तै, स्वर्गद्वारी नगरपालिका–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ।

स्वर्गद्वारी नगरपालिका–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी, स्वर्गद्वारी नगरपालिका–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा घुँडादेखि तलको बायाँ खुट्टा नभएको महिलाको शव तथा सोही स्थानमा अर्की एक महिलाको शव फेला परेको छ।

फेला परेका शवहरूको हालसम्म पहिचान हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गर्नुका साथै शवहरूको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ।

परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply