काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारा नजिक सडकखण्डमा ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंकर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ईभी माइक्रो र चालक प्रहरी नियन्त्रणमा छन्।
दुर्घटनापछि मृतकका आफन्तसहित करिब २०० जना स्थानीय घटनास्थलमा भेला भएका छन्। उनीहरूले डाछी चोकमा सडक अवरुद्ध गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment