अछाम । मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भएर सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।
लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो शुक्रबार बिहान करिब ११ः३० बजे ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना बस्ने ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारकै क्रममा दिउँसो १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न अटो र चालक प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।








Add Comment