काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ९९३ सवारीसाधनमाथि कारबाही गरेको छ।
मिति २०८३ भदौ १० गते बिहान ६ बजेसम्म गरिएको कारबाही विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५८ जना, सीसीटीभीमार्फत पहिचान भएका ७४ जना, बत्तीसम्बन्धी नियम उल्लंघन गर्ने ६३ जना, तीव्र गतिमा सवारी चलाउने ११३ जना र अनावश्यक हर्न बजाउने ३४ जना कारबाहीमा परेका छन्।
त्यस्तै, लेन अनुशासन उल्लंघन गर्ने ४८ जना, सवारीको अवस्था ठीक नभएका ३२ जना, ‘वन वे’ नियम उल्लंघन गर्ने १५ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लंघनमा ५५६ जना कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न नियमित रूपमा निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ।








Add Comment