बाढीको जोखिमपछि चार प्रमुख सडकमार्ग बन्द

बाढीको जोखिमपछि चार प्रमुख सडकमार्ग बन्द

काठमाडौं । बाढीका कारण उत्पन्न जोखिमलाई ध्यानमा राख्दै विभिन्न प्रमुख सडकमार्गमा सवारी आवागमन बन्द गरिएको छ।

सुरक्षाका कारण काठमाडौं–नागढुंगा मार्ग, नागढुंगा–धादिङ मार्ग, गल्छी–त्रिशूली मार्ग तथा धादिङ–मुग्लिन मार्ग बन्द गरिएको जानकारी प्राप्त भएको छ।

बाढी तथा सम्भावित जोखिमका कारण यात्रु र सवारीसाधनको सुरक्षालाई प्राथमिकता दिँदै सडक बन्द गरिएको हो।

सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्म बन्द गरिएका सडकमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सडकको अवस्था तथा मौसममा सुधार आएपछि पुनः सवारी सञ्चालनबारे जानकारी दिइने जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply