चितवन । भोटेकोशी नदीमा आएको भीषण पहिरोसहितको बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बाढीले बगाएर नदी किनारमा ल्याएको शवमाथि अमानवीय व्यवहार गर्दै कानमा लगाइएको मुन्द्रा निकालिरहेको भिडियो प्राप्त भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।
भिडियोको आधारमा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई भदौ ११ गते भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नवलपरासीको विनयी त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोक क्षेत्रमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चौदण्डीगढी नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कको सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
प्रहरीले दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
विपद्का कारण मृत्यु भएका व्यक्तिको शवबाट गहना चोरी गरेको आरोपसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो।








Add Comment