काठमाडौं । सम्भावित थप जोखिमसम्बन्धी जानकारी प्राप्त भएपछि उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले जोखिमपूर्ण क्षेत्रमा रहेका सबैलाई तत्काल सतर्क रहँदै आवश्यक परे सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको छ।
उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीलाई समेत आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भावित जोखिमबाट बच्न सतर्क रहन भनिएको छ।
यसका साथै जोखिमको अवस्थाबारे अन्य व्यक्तिलाई समेत जानकारी गराउन र सुरक्षित स्थानतर्फ जान सहयोग गर्न अनुरोध गरिएको छ।
सम्भावित थप विपद्लाई ध्यानमा राख्दै सम्बन्धित निकायले आधिकारिक सूचना तथा निर्देशनलाई पालना गर्न र अनावश्यक रूपमा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ।