काठमाडौं । बाढीको बहाव बढ्दै स्याफ्रुबेसीसम्म आइपुगेको जानकारी प्राप्त भएपछि त्रिशुली नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
सम्बन्धित निकायले नदीको बहाव र सम्भावित जोखिमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान र आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न आग्रह गरिएको छ।