Home » Sample Page » सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएका ४ नाल भरुवा बन्दुक बरामद
विविध

सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएका ४ नाल भरुवा बन्दुक बरामद

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका–३ सल्लीकोटस्थित बासखोला सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ।

शुक्रबार दिउँसो करिब १२ः३० बजे प्रहरी चौकी देविस्थानबाट प्रहरी नायब निरीक्षक शेरबहादुर बुढाथोकीको कमाण्डमा खटिएको टोली गस्तीमा रहेको थियो।

गस्तीका क्रममा सालघारी खोल्सामा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा चार नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। चारवटै बन्दुक साबुत अवस्थामा रहेको बताइएको छ।

बरामद भएका बन्दुक कसले र किन त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।