Home » Sample Page » महोत्तरीमा सेफ्टी ट्याङ्कीभित्र युवकको शव, चार जना नियन्त्रणमा
विविध

महोत्तरीमा सेफ्टी ट्याङ्कीभित्र युवकको शव, चार जना नियन्त्रणमा

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–७, बनौटामा सेफ्टी ट्याङ्कीभित्र एक युवकको शव फेला परेको छ।

भंगाहा नगरपालिका–६ का अशोक कुमार वातरका २२ वर्षीय छोरा विवेक कुमार सरदारको शव टुक्रा–टुक्रा अवस्थामा सेफ्टी ट्याङ्कीभित्र फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९, पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा घरतर्फ हिँडेपछि सम्पर्कविहीन भएका थिए। त्यसपछि उनका बुबाले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए।

खोजतलासका क्रममा बलवा नगरपालिका–७ बनौटाका अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र विवेकको शव फेला परेको हो।

घटनाको अनुसन्धानका लागि प्रहरीले अशोक कुमार ठाकुर, उनकी श्रीमती रामकली देवी, बुहारी सोनु कुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ का सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।