काठमाडौं । सप्तरीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ३१ किलोभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी छिन्नमस्ता र अन्य सुरक्षा निकायको संयुक्त टोलीले छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर सीमावर्ती क्षेत्रबाट ३१ किलो ६३० ग्राम गाँजा बरामद गरेको हो ।
सुरक्षा टोलीले शंकास्पद गतिविधिको निगरानी तथा चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा फेला पारेको जनाइएको छ । बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको छ ।








Add Comment