काठमाडौं । नेपाली चलचित्र ‘झिँगेदाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा चलचित्रका प्रमुख कलाकारहरूलाई विभिन्न भाव र परिस्थितिमा प्रस्तुत गरिएको छ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट र आर्यन सिग्देल मुख्य भूमिकामा देखिएका छन्। सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्ध, आपसी द्वन्द्व र कथामा आउने विभिन्न उतारचढावलाई संकेत गरेको छ।
ज्ञानेंद्र देउजाको निर्देशनमा बनेको चलचित्रले पहिलो श्रृंखलापछि कथालाई अर्को चरणमा अघि बढाएको छ। ट्रेलरमा कलाकारहरूको अभिनयसँगै चलचित्रको कथावस्तु र पात्रबीचको सम्बन्धलाई समेत प्राथमिकताका साथ देखाइएको छ।
चलचित्र असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्रलाई लिएर दर्शकको चासो बढेको छ।
https://www.youtube.com/watch?v=X_uzq1-I6Gc








Add Comment