हिम्लुङ हिमालको हिमपहिरोपछि भेटिएका शव कहाँ–कहाँ पुर्‍याइयो ?

हिम्लुङ हिमालको हिमपहिरोपछि भेटिएका शव कहाँ–कहाँ पुर्‍याइयो ?

काठमाडौँ । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका ८ वटा शवको उद्धार गरिएको छ।

आश्विन १५ गते गएको विनाशकारी हिमपहिरोपछि फेला परेका शवहरू उद्धार गर्ने क्रममा नेपाली सेनाले हवाई साधनमार्फत २ वटा शव चामे र ६ वटा शव फूगाउँसम्म ल्याएको हो।

हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जनाइएको छ। उद्धार गरिएका शवलाई सम्बन्धित स्थानमा ल्याएर आवश्यक प्रक्रिया अघि बढाइँदैछ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply