सल्यानको सामुदायिक वनस्थित ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

सल्यानको सामुदायिक वनस्थित ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाएर राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले मंसिर ८ गते दिउँसो करिब १ बजे वन क्षेत्रको ओडारमा खोजतलास गर्ने क्रममा ती बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार बरामद भएका बन्दुकमध्ये सात नाल साबुत अवस्थामा छन् भने एउटा बेसाबुत अवस्थामा रहेको छ।

बरामद गरिएका सबै बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply