धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी बजारमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
गल्छी गाउँपालिका–७ स्थित सडकखण्डमा बुधबार बिहान करिब ११ बजे दुर्घटना भएको हो। काठमाडौंको दिशाबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बैरेनी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा डडेलधुराको अजयमेरु गाउँपालिका निवासी करिब २८ वर्षीय बरुण प्रसाद भट्ट रहेका छन्।
दुर्घटनापछि प्रहरीले टिपरसहित चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी करिब ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।