काठमाडौँ । काठमाडौंमा १० किलो ५०० ग्राम थाई गाँजासहित पाँच जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–९ क्षेत्रमा थाई गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार असोज १७ गते पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिका–१ का २२ वर्षीय सुनिल ठगुन्ना, डोटी जोरायल गाउँपालिका–२ का २१ वर्षीय राजेश कठायत, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५ की २२ वर्षीया अन्जु लामा, प्यूठान ऐरावती गाउँपालिका–३ का २२ वर्षीय गोपाल श्रेष्ठ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५ की २२ वर्षीया मनिषा तामाङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १० किलो ५०० ग्राम थाई गाँजा र पाँच थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।