स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।

बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक बालक सल्यानको शारदा नगरपालिका–२ खलङ्गा स्थायी घर भएका र हाल तुलसीपुर–५ रानीजरुवामा बस्दै आएका परिवारका सदस्य हुन्।

दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply