काठमाडौं उपत्यकामा २४ घण्टामा ३७३ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टामा ३७३ सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कार्तिक २३ गते बिहान ६ बजेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०० जना कारबाहीमा परेका छन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १०५ जना, सीसीटीभी निगरानीबाट पहिचान भएका २५ जना, ट्राफिक लाइट उल्लङ्घन गर्ने १२ जना र हर्न निषेधित क्षेत्रमा हर्न बजाउने चार जना कारबाहीमा परेका छन्।

यसैगरी, लेन अनुशासन पालना नगर्ने तथा लेनको अवस्था ठीक नभएका आठ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने तथा अन्य कसुरमा १९ जना कारबाहीमा परेको विवरणमा उल्लेख छ।

ट्राफिक प्रहरीले उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियमित जाँच र कारबाही गर्दै आएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply