घोप्टेभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

घोप्टेभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

सोमबार बिहान करिब ५ बजेदेखि सडक माथिबाट सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। पहिरोका कारण दुवैतर्फका सवारीसाधन आवागमन ठप्प भएको छ।

पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि उक्त खण्ड भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply