दीपावलीमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको मृत्यु

दीपावलीमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको मृत्यु

पर्सा । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा जलेर पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ।

पकहाँमैनपुर गाउँपालिका–२ मधुबनीमा सोमबार बिहान पटका पड्काउने क्रममा आगो लागेर स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार पटका पड्काउने क्रममा बालकको शरीरमा आगो लागेको थियो। आगोले जलेर बेहोस भएका बालकलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply