भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार

भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–९, सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ।

मंगलबार दिउँसो करिब १२:५० बजे बाटोमा हिँड्ने क्रममा स्थानीय ८४ वर्षीया रत्ना विष्ट बाटोबाट करिब पाँच मिटर तल भिरमा खसेकी थिइन्। भिरमा खसेपछि उनी रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट झोताबाट चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा दिउँसो करिब १:२० बजे उनको सकुशल उद्धार गरिएको हो।

उद्धारपछि विष्टलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply