श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। घरायसी विवादका क्रममा श्रीमान्ले कुटपिट गर्दा ३२ वर्षीया महिलाको ज्यान गएको हो।

प्रहरीका अनुसार स्याङ्जाको चापाकोट गाउँपालिका–६ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्ने करिब ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती सपना राना मगरलाई कुटपिट गरेका थिए।

आज बिहान करिब ८:३० बजे उनीहरू बस्दै आएको कोठाभित्रै भएको कुटपिटबाट सपनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनामा संलग्न सुमनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply