काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५१२ सवारीसाधनमाथि कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक २५ गते बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा उक्त संख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३५ जना, तीव्र गतिमा सवारी चलाउने ९९ जना, सीसीटीभी निगरानीबाट पहिचान भएका ३६ जना र ट्राफिक लाइट उल्लङ्घन गर्ने १६ जना रहेका छन्।

त्यस्तै, अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १९६ जना, लेन अनुशासन पालना नगर्ने २१ जना, गलत दिशाबाट सवारी चलाउने (वान वे) एक जना र अनावश्यक हर्न बजाउने आठ जनामाथि कारबाही गरिएको विवरणमा उल्लेख छ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा नियमित निगरानी र कारबाही गर्दै आएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply