देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई युवती पक्राउ

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई युवती पक्राउ

रुपन्देही । देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी विभिन्न स्थानमा आयोजित देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले २०८३ कात्तिक २६ गते राति करिब १२ः०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।

उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रमको मौलिकता, सांस्कृतिक मूल्य र सामाजिक सद्भावमा असर पर्ने गरी अश्लील गीत, संगीत तथा नृत्य प्रदर्शन नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply