भीमफेदी भ्यान दुर्घटनाका घाइतेको नेपाली सेनासहित सुरक्षा निकायद्वारा उद्धार

भीमफेदी भ्यान दुर्घटनाका घाइतेको नेपाली सेनासहित सुरक्षा निकायद्वारा उद्धार

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक भ्यान दुर्घटनामा घाइते भएकाहरूको नेपाली सेनासहित अन्य सुरक्षा निकाय र स्थानीयवासीले उद्धार गरेका छन्।

कार्तिक २६ गते भएको दुर्घटनापछि उद्धार टोलीले घाइतेहरूलाई घटनास्थलबाट सुरक्षित रूपमा बाहिर निकाली थप उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको हो।

उद्धार कार्यमा नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँग समन्वय र सहकार्य गरेको थियो। दुर्घटनापछि कठिन भौगोलिक अवस्था र जोखिमबीच उद्धार टोली परिचालन गरिएको जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply