सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते

सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा बरहथवा नगरपालिका–८ का २२ वर्षीय रौशन मण्डल र ३२ वर्षीय रघुनाथ मण्डल घाइते भएका हुन्।

प्रहरीका अनुसार बरहथवाबाट हिरापुरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल बुधबार राति करिब ११ः५० बजे बरहथवा नगरपालिका–८ स्थित गर्जहा पुल नजिक अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेका दुवै जनाको अवस्था गम्भीर रहेको र उनीहरू बोल्न सक्ने अवस्थामा समेत नरहेको जनाइएको छ। घाइतेहरूलाई सुरुमा बरहथवा नगर अस्पतालमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि वीरगन्ज पठाइएको छ।

घटनास्थलमा हेलमेट र चप्पल फेला परे पनि दुर्घटनामा परेको मोटरसाइकल भने भेटिएको छैन। मोटरसाइकल कसले चलाएको थियो भन्ने विषयमा समेत खुल्न सकेको छैन।

प्रारम्भिक अनुसन्धानका क्रममा दुवै घाइतेले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply