सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले उनीहरूलाई शपथ गराएका हुन्। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो।

न्याय परिषद्को सिफारिस तथा संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका थिए।

शपथ लिने नवनियुक्त न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।

नियुक्तिपछि शपथ ग्रहण गरेका चारै जना न्यायाधीशले अब सर्वोच्च अदालतको न्यायसम्पादन प्रक्रियामा जिम्मेवारी सम्हाल्नेछन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply