काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएका छन्।
युएईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेका हुन्।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले गृहमन्त्री गुरुङ सम्मेलनमा सहभागी हुन युएई जान लागेको जानकारी दिएका छन्।
गुरुङ मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।