काठमाडौं । सूर्य उपासनाको महापर्व छठ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गर्नेछन्।
चार दिनसम्म मनाइने छठ पर्वको आज तेस्रो दिन हो। यस दिन व्रतालुहरू नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ।
छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा रहेको छ।